बुटवल । पाल्पामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका–६ पटुवाचौरका ६० वर्षीया बेदबहादुर बलाल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
बलाल मंगलबार विहान घर नजिकैको नेप्टा भिरबारबाट लडेका थिए । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्