प्रतिनिधि सभा सभामुखको निर्वाचन माघ ५ गते ११ बजे

खबर खुराक
खबर खुराक ३ माघ २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं: प्रतिनिधि सभाको सभामुख चयन गर्न माघ ५ गते ११ बजे निर्वाचन हुने भएको छ।

संघीय संसद सचिवालयले सभामुख पदको निर्वाचन कार्यक्रम सम्बन्धी सूचना प्रकाशित गर्दै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।

सचिवालयका अनुसार प्रतिनिधि सभा नियमावली २०७५ को नियम ७ बमोजिम सभामुख निर्वाचनको तालिका सार्वजनिक गरिएको हो।

जसअन्तर्गत माघ ४ गते बुधबार दिनको १ बजेदेखि चार बजेसम्म प्रतिनिधि सभाका कुनै सांसदलाई सभामुख पदमा निर्वाचन गरियोस् भन्ने प्रस्तावको सूचना दर्ता गरिने छ। यसको लागि संघीय संसदको ल्होत्से हल तोकिएको छ।

त्यस्तै सोही दिन सवा चार बजे निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारको सूचना दर्ता क्रम अनुसारको सूची प्रकाशन गरिने संसद सचिवालयले जनाएको छ।

बिहीबार ११ बजे सुरु हुने प्रतिनिधि सभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस भन्ने प्रस्ताव पेस गर्ने र समर्थकले समर्थन गर्ने तथा उम्मेदवारीको सूचनामाथि सामूहिक छलफल गरी निर्णयार्थ पेस हुने संघीय संसदका महासचिव डा भरतराज गौतमले जानकारी दिए।

सभामुख पदमा उम्मेदवारी दिने सांसदको एक प्रति फोटो र नेपाली नागरिकताको प्रतिलिपि हुनुपर्ने सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्