Ad imageAd image

नेप्से परिसूचक ३२ अंकले बढ्यो,साढे ३ अर्ब बढीको सेयर कारोबार

खबर खुराक
खबर खुराक ३ माघ २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं : नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। आज नेप्से ३२.७२ अंकले बढेर २१८२.११ विन्दुमा पुगेको छ। साताको पहिलो र दोस्रो कारोबार  दिन सार्वजनिक विदा परेकाले सेयर कारोबार भएन। आज खुलेको बजारमा साढे ३ अर्बको सेयर कारोबार भएको छ।

दोहोरो अंकले बढेको बजारमा ७ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

आज २५० कम्पनीको १ करोड १८ लाख ८३ हजार २८७ कम्पनीको ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार ५८७ रुपैयाँमा खरिदबिक्री भयो। ६३ हजार ४३० पटक कारोबार भयो।

कारोबार रकमका आधारमा अपी पावर कम्पनी शीर्षस्थानमा रह्यो। सो कम्पनीको २३ करोड २६ लाख ८ हजार ३८८ रुपैयाँको  सेयर कारोबार भयो।

- Advertisement -
Ad image

अपर तामाकोशी हाइड्रो पावरको ११ करोड र नगदी ग्रुपको १० करोड बढी मूल्यको सेयर किनबेच भयो।

कारोबारमा आएका १३ उपसमूह मध्ये १२ को मूल्य बढ्यो भने एकको घट्यो।

होटल्स एन्ड टुरिजम समूहको सूचक सर्वाधिक ५.१२ प्रतिशतले बढ्यो। हाइड्रो पावरको ५.०४ प्रतिशतले बढ्दा फाइनान्स समूहको ३.६० प्रतिशतले बढयो।

१२ समूहको सूचक बढ्दा बैंकिङ उपसमूहको भने ०.३२ प्रतिशतले ओरालो  लाग्यो। यसदिन प्रभु सेलेक्ट फन्डको  सेयर मूल्य ८.४५ प्रतिशतले घट्यो।

प्रतिक्रिया दिनुहोस्