इटालीका ‘माफिया बोस’ मेसिना डेनारो ३० वर्षपछि पक्राउ

खबर खुराक
खबर खुराक ३ माघ २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौं। इटालीको ‘मोस्ट वान्टेड माफिया बोस’ माटेओ मेसिना डेनारोलाई सोमबार सशस्त्र प्रहरीले सिसिलीको एक निजी अस्पतालबाट पक्राउ गरेको छ। सन् १९९३ देखि फरार रहेका मोस्ट वान्टेड माटेओ मेसिना डेनारो त्यहाँ क्यान्सरको उपचार गराइरहेका थिए।

‘डायबोलिक’ र ‘यू सिक्कु'(एक पातलो) उपनाम रहेका मेसिना डेनारोलाई सन् १९९२ मा माफिया विरोधी अभियोजक जियोभन्नी फाल्कोन र पाओलो बोर्सेलिनोको हत्यामा आजीवन कारावासको सजाय सुनाइएको थियो।

सो घटनाले  इटालीलाई स्तब्ध बनाएको थियो भने, कोसा नोस्ट्रामा क्र्याकडाउन चर्किएको थियो।

प्रतिक्रिया दिनुहोस्