काठमाडौं: नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार तथा प्रविधिको सेवालाई देशव्यापी बनाउन ध्यान केन्द्रित गर्ने बताएकी छन्।
मंगलबार सिंहदरबारमा पदबाहाली गर्दै मन्त्री शर्माले सूचना प्रविधिलाई जनताको सहज पहुँचमा पुराउदै देशव्यापी बनाउने बताइन्।
उत्पादनदेखि लिएर सबै सार्वजनिक संघ, संस्थानहरुमा सूचना र प्रविधिका कुरालाई सहजतापूर्वक उपलब्ध गराउनुपर्ने उनको भनाइ छ। मन्त्री शर्माले सूचना प्रविधिमार्फत् देशले समृद्धिको लक्ष्य हासिल गर्न सहज हुने बताइन्।
सार्वजनिक संस्थानहरुमा सहज ढंगले सञ्चार, प्रविधिको प्रयोग हुन नसक्दा देखिएको समस्यालाई पनि अव समाधान गर्नुपर्ने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्