बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई कांग्रेससहित छ दलले दिए विश्वासको मत

खबर खुराक
खबर खुराक ३ माघ २०७९, मंगलवार
1 Min Read
Aa

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिएका छन्।

उनलाई सत्ता गठबन्धनसँगै नेपाली कांग्रेसले पनि विश्वासको मत दिएको छ। अब बागमती प्रदेशको प्रतिपक्षमा नेमकिपा मात्र रहेको छ। बागमती प्रदेशका ११० सांसद मध्ये १०५ जनाले जम्कट्टेललाई विश्वासको मत दिएका हुन्।

नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राप्रपाका सभामुख बाहेक ११, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पाटीका २ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका हुन्।

नेमकिपाका ३ जना प्रदेशसभा सदस्यले मात्र विपक्षमा मतदान गरेका छन्। राप्रपाका लक्ष्मी घिमिरे अनुपस्थित थिए। विश्वासको मत पाएपछि मुख्यमन्त्रीले अब मन्त्रीपरिषद् विस्तारको गृहकार्य अघि बढाउने बताएका छन्।

विश्वासको मत दिने सबैको भावना समेटेर काम गर्ने मुख्यमन्त्री जम्कट्टेलले बताए। उनी पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक कुन्दनराज काफ्लेले केन्द्रमा पनि सरकारलाई विश्वासको मत दिएकाले सोही नीतिअनुसार प्रदेशमा पनि विश्वासको मत दिएको बताए।

प्रतिक्रिया दिनुहोस्