काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला एक लाख चार हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख पाँच हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुन प्रतितोला एक लाख चार हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबारको तुलनामा तेजावी सुन प्रतितोला ६०० रुपैयाँ घटेको हो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्