मनोनयन दर्तापछि घिमिरेले भने-‘निष्पक्ष ढंगले सभामुखको भूमिका निर्वाह गर्छु’

खबर खुराक
खबर खुराक ४ माघ २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं :प्रतिनिधि सभाको सभामुखका उम्मेदवार देवराज घिमिरेले निष्पक्ष ढंगले सभामुखको भूमिका निर्वाह गर्ने बताएका छन् । बुधबार उम्मेदवार मनोनयनपछि संसद् भवन अगाडि पत्रकारहरुसँगको कुराकानीमा सांसद सांसद घिमिरेले इमान्दारिता र निष्पक्ष ढंगले जिम्मेवारी निर्वाह गर्ने बताएका हुन् ।

‘सभामुखले निभाउनुपर्ने भूमिकामा कमी आउन दिने छैन । सबैलाई समेटेर अघि बढ्ने चाहना छ,’उनले भने।

विधि,प्रक्रिया र विगतका अनुभवबाट शिक्षा लिएर सभा सञ्चालन गर्ने उनको भनाइ । घिमिरेले सभामुखमा आफ्नो जित निश्चित भएको दावी गरे।

सत्ता गठबन्धनबाट एमाले सांसद घिमिरेले सभामुखमा मनोनय दर्ता गराएका छन्। सुवास नेम्वाङ प्रस्तावक,राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे समर्थकमा घिमिरेले उम्मेदवारी दर्ता गराएका हुन् ।

घिमिरे झापा २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन्। सभामुखको निर्वाचन भोलि हुँदैछ।

प्रतिक्रिया दिनुहोस्