Ad imageAd image

फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ

खबर खुराक
खबर खुराक ४ माघ २०७९, बुधबार
1 Min Read
Aa

४ माघ, काठमाडौं । फ्रान्स पठाइदिन्छु भनी १९ लाख रुपैयाँ ठगी गरेको  आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका-८ घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका-५ सतुङगल बस्‍ने ४६ वर्षीय तेजेन्द्र महत रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सतुङ्गलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

- Advertisement -
Ad image

उनीमाथि राजेन्द्र रानामगरसहित ३ जनासँग प्रतिव्‍यक्ति १० लाख रुपैयाँ भन्‍दै पटक पटक गरेर १९ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्