छालाको क्यान्सरबाट पीडित अमेरिकी प्रथम महिला महारोगविरुद्धको राष्ट्रिय अभियानमा

खबर खुराक
खबर खुराक ४ माघ २०७९, बुधबार
1 Min Read
Aa

वाशिङ्गटन। अमेरिकी प्रथम महिला जिल बाईडेन छालाको क्यान्सरबाट पीडित भएकी छन् । केही समयअघि उनको दाहिने आँखाको माथिल्लो भागमा देखिएको घाउ छालाको क्यान्सर भएको चिकित्सकहरूले पुष्टि गरे । नियमित परीक्षणका क्रममा उनमा उक्त रोग लागेको पुष्टि भएको हो ।

प्रथम महिलालाई उपचार गरेमा निको हुने खालको छालाको क्यान्सर भएको हो । परीक्षणका क्रममा चिकित्सकहरूले उनको बाँयातिरको वक्षस्थलको भाग र बाँया आँखाको माथिल्लो भागमा पनि क्यान्सर लागेको पत्ता लगाए । रोग लागेको भाग हटाइएको छ ।  समयमै उपचार गर्दा निको हुने खालको क्यान्सर लागेकाले आत्तिनुपर्ने अवस्था नभएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

आफूलाई क्यान्सर भए नभएको यकिन गर्न नियमित रूपमा स्वास्थ्य परीक्षण गराउन सर्वसाधारणलाई अभिप्रेरित गर्दै आएकी प्रथम महिलाको यो अभियान नयाँ होइन । उनका छोराको सन् २०१५ मा मस्तिष्क क्यान्सर लागेर निधन भए पछि प्रारम्भ भएको हो । जिल वाइडेनले दशकौँ अघिदेखि क्यान्सरविरुद्धको अभियानमा आफूलाई सक्रिय राखेकी छन् । शीर्ष नेताकी पत्नीका रूपमा परिचय सार्वजनिक हुनुअघिदेखि नै यो महारोगविरुद्धको अभियानमा उनी होमिएकी हुन् । ‘तपाईँलाई क्यान्सर भएको छ’ यो वाक्यांशले आफूलाई सर्वाधिक पीडा दिने उनी बताउँछिन्। यो रोग लागेकाले पनि आफुले जस्तै असिक पिडा महसुस गर्ने उनलाइ लाग्दछ।

प्रतिक्रिया दिनुहोस्