बाह्रविसेका गोरु पालक कृषकलाई अनुदान

खबर खुराक
खबर खुराक ४ माघ २०७९, बुधबार
2 Min Read
Aa

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिकाले गोरु पालक कृषकलाई प्रोत्साहन स्वरुप अनुदान दिएको छ ।

नगरपालिकाले बुधबार एक कार्यक्रमको आयोजना गरि ७७६ किसानलाई प्रतिहल १० हजार रुपैयाँ अनुदान दिएको हो ।

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिकाले गोरु पालक कृषकलाई प्रोत्साहन स्वरुप अनुदान दिएको छ ।

नगरपालिकाले बुधबार एक कार्यक्रमको आयोजना गरि ७७६ किसानलाई प्रतिहल १० हजार रुपैयाँ अनुदान दिएको हो ।

अर्गानिक कृषिलाई प्रवद्र्धन गर्ने बाह्रविसे नगरपालिकाले जनतासँग नगरप्रमुख कार्यक्रम मार्फत कृषकलाई अनुदान दिएको हो ।

उद्देश्यस्वरुप अनुदान दिएको पालिकाले जनाएको छ । भौगोलिक अवस्थाको कारण ट्याक्टर सबै ठाउँमा लैजान नसक्ने भएका कारण गोरु पालक कृषकलाई अनुदान रकम प्रदान गरिएको नगरपालिका प्रमुख बालकृष्ण बस्नेतले बताए ।
अनुदान लिनको लागि गोरुको अनिवार्य बिमा गरेको हुनुपर्ने छ । पालिकाले दुई करोड ५० लाख बढी रकम कृषिमा छुट्याएको छ ।

नगरपालिकाबाट अनुदान पाउँदा खुसी लागेको कृषक जितमान तामाङले बताए । “हामी किसानहरु प्रायजसो खेतबारीमा नै व्यस्त रहन्छौँ । खेतबारी जोत्ने काममा दिनभर खटिन्छौ” उनले भने, “पालिकाले प्रोत्साहन गरेर रकम दिएको छ, खुसी लाग्यो ।”

यस्तै, अर्का किसान खिलबहादुर बुढाथोकीले पनि मेसिनलाई भन्दा गोरुलाई प्रोत्साहन गरेकोमा खुसी लागेको बताए । “ट्याक्टर पाउँदा पाँटपूर्जामा आउन्थ्यो । नजिक बनाउने ठाउँ छैन । बनाउन जान समय बढि खर्चनुपर्ने र महङ्गो पनि हुन्छ, उनले भने ।”

प्रतिक्रिया दिनुहोस्