लक्ष्मी लघुवित्तले ७ करोड लाभांश बाँड्ने

खबर खुराक
खबर खुराक ५ माघ २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई ७ करोड ६८ लाख १० हजार रुपैयाँ बराबरको लाभांस वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई २० प्रतिशतका दरले उक्त लाभांस वितरण गर्ने भएको हो ।

लघुवित्तको १५५औं सञ्चालक समितिको बैठकले गरेको प्रस्ताव अनुसार १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस (कर प्रयोजनसहित) वितरण गर्ने छ । १५ प्रतिशतका दरले हुन आउने ५ करोड ७६ लाखभन्दा बढीको बोनस सेयर वितरण गर्ने छ ।

यस्तै, ५ प्रतिशतका दरले हुन आउने १ करोड ९२ लाखभन्दा बढी रकम (कर प्रयोजनसहित) वितरण गर्ने छ । सञ्चालक समितिको यो प्रस्ताव वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्