Ad imageAd image

वन मुद्दाका फरार प्रतिवादी बर्दियाबाट पक्राउ

खबर खुराक
खबर खुराक ५ माघ २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ । वन मुद्दामा फरार एक जना प्रतिवादीलाई प्रहरीले बर्दियाको बारबर्दिया नगरपालिका–९ बाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारबर्दीया–९ घर भएका सुरेश राज चौधरी छन् ।

बर्दिया जिल्ला अदालतले २०७९ जेठ ११ मा चौधरीलाई काठ ओसार पसार तथा चिरान गरेको कसुरमा २ लाख ९५ हजार जरिवाना हुने फैसला गरेको थियो । फैसलापछि उनी फरार थिए ।

अभियुक्तलाई पक्राउ गरेर जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका इन्स्पेक्टर हृदयेश कुमार सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्