सन्दीपलाई प्रशिक्षणमा बोलाउने निर्णय भएको छैन : सचिव मल्ल

खबर खुराक
खबर खुराक ५ माघ २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले बलात्कार आरोपित नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई अन्य खेलाडीहरुसँगै प्रशिक्षणमा बोलाउने कुनै पनि निर्णय नभएको स्पष्ट पारेका छन् । सन्दीपलाई आफै प्रशिक्षण गर्ने भने अधिकार भएको मल्लले बताए ।

मल्लले रातोपाटीसँग कुराकानी गर्दै भने, ‘धरौटीमा रिहामा भएपछि सन्दीपले आफै ढंगले प्रशिक्षण गर्न पाउँछन् । तर, उनलाई अन्य खेलाडीहरुसँग राखेर प्रशिक्षण गराउने भन्ने विषयमा अहिलेसम्म क्यानले कुनै पनि निर्णय गरेको छैन । अब केही दिनमा बैठक बसेर यसबारे सोच्न भने सकिन्छ ।’ लामिछाने अहिले नाबालिगमाथि बलात्कारको आरोप झेली रहेका छन् । हाललाई भने उनी शर्तसहित २० लाख धरौटीमा रिहा भएका छन् । धरौटीमा रिहा भएपछि राष्ट्रिय टोलीमा सन्दीपको पुनरागमन कहिले हुन्छ ? कसरी हुन्छ भन्ने विषयमा चौतर्फी चर्चा चलेको छ ।

प्रतिक्रिया दिनुहोस्