ग्लोबल आईएमई लघुवित्तले गर्‍यो लाभांश प्रस्ताव

खबर खुराक
खबर खुराक ५ माघ २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट गएको असार मसान्तसम्म कायम चुक्ता पुँजीको २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीको बुधबार सम्पन्न सञ्चालक समितिको बैठकबाट चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात् कम्पनीको साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले लाभांश प्राप्त गर्नेछन् ।

हाल कम्पनीको चुक्ता पुँजी ५५ करोड २५ लाख ८९ हजार रुपैयाँ छ । बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ६१ करोड ८८ लाख ९९ हजार पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्