संसदमा गृहमन्त्री रवि लामिछाने भन्‍छन कुनै दबाब र प्रभावमा परेर काम गर्दिन

खबर खुराक
खबर खुराक ५ माघ २०७९, बिहीबार
1 Min Read
Aa

गृहमन्त्री रवि लामिछानेले आफू  कुनै प्रभाव र दबाबमा नपरेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा सभामुखको निर्वाचन प्रक्रियामा एमाले सांसद देवराज घिमिरेलाई समर्थन  गर्ने क्रममा सो उनले सो प्रतिबद्धता जनाएका  हुन् ।

बैठकमा सभाध्यक्षको ध्यानाकर्षण गराउँदै काँग्रेस सांसद रामहरि खतिवडाले सभामुखको निर्वाचन प्रक्रियामा हत्या आरोपी सांसद आएको र उनलाई पक्राउ गर्न माग गरेपछि  लामिछानेले प्रक्रिया अनुसार कदम चाल्ने बताएका थिए ।

उनले विधि र पद्धति भन्दा गृह मन्त्रालय बाहिर नजाने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्