Ad imageAd image

विश्वप्रकाशले राखे ईश्वरीलाई सभामुखमा निर्वाचित गराउन प्रस्ताव

खबर खुराक
खबर खुराक ५ माघ २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौं । विपक्षी दलका तर्फबाट सभामुखकी उम्मेदवार बनेकी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेलाई निर्वाचित गराउन कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रस्ताव गरेका छन् ।

सभामुखको चयन भई रहेको आजको प्रतिनिधि सभामा कांग्रेस महामन्त्री शर्माले न्यौपानेलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव राखेका हुन्।

न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री शर्मा र समर्थकमा नेकपा (एकीकृत समाजवादी)का नेता प्रकाश ज्वाला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्