नेम्वाङले राखे घिमिरेलाई निर्वाचित गर्न प्रस्ताव

खबर खुराक
खबर खुराक ५ माघ २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं । सभामुखमा देवराज घिमिरेलाई मतदान गर्न एमालेका उपाध्यक्ष सुवास नेम्वाङले आग्रह गरेका छन्  ।

प्रतिनिधि सभामा नेम्वाङले घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव राखेका छन्। सिंगो प्रतिनिधिसभालाई, सम्पूर्ण दलहरूलाई सहयोग र समर्थ गरिदिन नेम्बाङले आग्रह गरेका छन् ।

सत्ता साझेदार दलका तर्फबाट उम्मेदवार बनेका एमाले नेता घिमिरेको प्रस्तावकमा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र समर्थकमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछाने छन् ।

प्रतिक्रिया दिनुहोस्