काठमाडौं : सत्तारुढ नेकपा (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले मुलुकको समृद्धि र राष्ट्रिय स्वाधिनताको रक्षा गर्न देवराज घिमिरे योग्य भएको बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै पाण्डेले सत्ता साझेदार दलका तर्फबाट सभामुख पदका उम्मेदवार एमाले सांसद घिमिरेको पक्षमा मतदान गर्न आग्रह गरेका हुन्।
सभामुख पदमा घिमिरेलाई समर्थन गर्दै उनले पक्षमा मतदान गर्न सबै सांसदहरुलाई आग्रह गरे। उनले भने, ‘नेपालको समृद्धि, राष्ट्रिय स्वाधिनताको रक्षाका साथ अगाडि बढनुपर्ने दायित्व छ। त्यसका लागि माननीय देवराज घिमिरे योग्य हुनुहुन्छ, सक्षम हुनुहुन्छ। ’
पाण्डेले संसद्लाई व्यवस्थित र प्रभावकारी बनाउन घिमिरेलाई सभामुख पदमा निर्वाचित गराउनुपर्ने तर्क गरे।
प्रतिक्रिया दिनुहोस्