विश्व प्रकाशको आरोप : ओलीले उच्चस्तरीय संयन्त्रको नाममा प्रधानमन्त्रीलाई पिँजडामा राख्‍न खोजे

खबर खुराक
खबर खुराक ५ माघ २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं :नेपाली कांग्रेसका संसद विश्वप्रकाश शर्माले उच्चस्तरीय संयन्त्रको नाममा केपी ओलीले प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजको तर्क गरेका  छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा शर्माले ओलीले शंका गरेजस्तो कांग्रेसले कुनै ढोक्सा नथापेको उल्लेख गर्दै उल्टै ओलीले उच्चस्तरीय संयन्त्रको नाममा प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजको तर्क गरेका हुन्।

कांग्रेसले माछा पर्छ भनेर ढोक्सा नथापेको बरु ओलीले नै माछा पर्ने पिँजडा कसिलो पारेको उनको भनाइ छ। त्यस्तै शर्माले सभामुख र शीतल निवासमा प्रतिपक्षीको उपस्थितिले जनताको मतको पनि प्रतिनिधित्व हुने र शक्ति सन्तुलन पनि हुने धारणा राखे।

सांसद शर्माले पार्टीका संस्थापक नेता बीपी कोइरालाका अनुयायी न्यौपानेलाई सक्षय,योग्य र अनुभवका आधारमा सभामुख पदको उम्मेदवार बनाएको जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्