काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालमा आर्थिक विकासका धेरै सम्भावना भएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित साउथ एसिया एग्री समिट २०२३ मा गोल्छाले आर्थिक विकासमा कृषि क्षेत्रको योगदान महत्त्वपूर्ण रहने बताएका हुन् ।
उनले नेपालमा उत्पादन भएका वस्तु भारत र चीनमा निर्यात गर्न सक्ने सम्भावना भए पनि उत्पादन नै नहुनु समस्या रहेको बताए ।
“आर्थिक विकास गर्ने हो भने कृषिको विकास आवश्यक छ । हाम्रो बजार चीन र भारत हो । भारत र चीनमा निर्यात गर्न हामीले त्यही मात्रामा उत्पादन गर्नुपर्छ,” उनले भने, “हाम्रो कृषि उत्पादन परम्परागत बढी भयो । त्यही पनि कृषि क्षेत्रले जीडीपीमा २५ प्रतिशत योगदान गरेको छ ।”
कृषिजन्य वस्तु उत्पादन र निर्यातबाट नै अर्थिक विकास गर्न सकिने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्