काठमाडौ । बाँकेको नेपालगञ्ज विमानस्थलबाट काठमाडौंका लागि उडेको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ ।
शुक्रबार बिहान करिब साढे ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान ९ बजेर ६ मिनेटमा मा चन्द्रगढी विमानस्थलमा अवतरण गरेको हो । बिहान काठमाडौंमा भिजिबिलिटी निकै कम भएका कारण अवतरण हुन नसक्दा चन्द्रगढी डाइभर्ट भएको काठमाडौं विमानस्थलले जनाएको छ । उक्त विमान काठमाडौं आइपुग्दा विमानस्थलको भिजिबिलिटी १५०० मिटर मात्रै थियो । अहिले १६०० पुगेको छ ।
मौसम सफा भएपछि विमान चन्द्रगढीबाट पुनः काठमाडौं फर्काइने काठमाडौं विमानस्थल कार्यालयले जनाएको छ । भिजिबिलिटी कम भएका कारण त्रिभुवन विमानस्थलबाट उडान प्रभावित भएको छ ।
प्रतिक्रिया दिनुहोस्