काठमाडौँ । कर्पोरेट पे प्रणालीले चालु आर्थिक वर्षको पौस मसान्त सम्ममा रु २०२ अर्ब भन्दा बढीको कारोबार गर्न सफल भएको छ । गत आर्थिक वर्ष भने कर्पोरेट पेमार्फत कुल रु १०९.५ अर्ब बराबरको भुक्तानी कारोबार फर्छ्यौट भएको थियो । बैंक/वित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरुले सहज रुपमा कर्पोरेट पे मार्फत डिजिटल भुक्तानी गर्न सक्ने हुँदा यसको कारोबार संख्या दुई गुणाले बृद्धि भएको कम्पनीको भनाइ छ ।
हाल ४४ बैंक वित्तीय संस्थाहरु मार्फत् उक्त प्रणाालीमा बैंक÷वित्तीय संस्थाका ६,१०० भन्दा बढी व्यावसायिक ग्राहकहरु आबद्ध भई कारोबार गर्दै आएका छन् । यस प्रणाली मार्फत फण्ड ट्रान्सफर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी लगायतका विभिन्न भुक्तानीहरु गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्