काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालु आर्थिक वर्ष २०७९/८० को ६ महिनामा ७६ करोड ६१ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । कम्पनीले शुक्रबार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो ।
गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ७३ प्रतिशतले बढेको बढेको छ । गत वर्ष पुस मसान्तसम्म कम्पनीले ४४ करोड २६ लाख रूपैयाँ खुद नाफा गरेको थियो ।
गत वर्ष ६३ करोड २३ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष एक अर्ब ९ करोड ४५ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको छ ।
हाल कम्पनीको चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा एक अर्ब ६६ करोड ९६ लाख रुपैयाँ रहेको छ ।
गतवर्ष ८ अर्ब १३ करोड ६४ लाख रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको कम्पनीले यस वर्ष १९ अर्ब ८२ करोड ३० लाख रूपैयाँ भन्दा बढी कर्जा प्रवाह गरेको छ । यस वर्ष कम्पनीले धितोपत्रमा ५ करोड रूपैयाँ लगानी गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ७ रूपैयाँ ९ पैसा र प्रतिशेयर नेटवर्थ १०७ रूपैयाँ ७३ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्