Ad imageAd image

कांग्रेसले उपसभामुखमा मुक्ता यादवको उम्मेदवारी दर्ता गर्‍यो

खबर खुराक
खबर खुराक ६ माघ २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं: प्रतिनिधि सभाको उपसभामुखमा नेपाली कांग्रेसले मुक्ता यादवलाई उम्मेदवार बनाएको छ। पार्टीको शुक्रबार बिहान बसेको पदाधिकारी बैठकको निर्णय बमोजिम केन्द्रीय सदस्य समेत रहेकी समानुपातिकतर्फकी सांसद यादवलाई उपसभामुख उम्मेदवार दर्ता गरेको हो।

प्रतिनिधि सभामा बद्री पाण्डेको प्रस्ताव र लोसपाका सर्वेन्द्रनाथ शुक्ला र एकीकृत समाजवादीका मेटमणि चौधरीको समर्थनमा यादव उपसभामुखको उम्मेदवार बनेकी हुन्।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरको उम्मेदवारी दर्ता भइसकेको छ। सांसद शोभिता गौतमको प्रस्ताव र एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा तथा राप्रपाका राजेन्द्र लिङ्देनको समर्थनमा रानामगर उपसभामुखको उम्मेदवारी दर्ता गरिएको हो। को समर्थनमा रानामगर उपसभामुखको उम्मेदवार घोषणा गरिएको हो।

उम्मेदवारको नामावली पनि आजै साँझ प्रकाशित गरिनेछ। मतदान शनिबारको प्रतिनिधि सभा बैठकमा हुनेछ। बैठक दिउँसो १ बजे बोलाइएको छ।

- Advertisement -
Ad image

सभामुखमा गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्