काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले ‘राष्ट्रिय नवप्रवर्तन सम्मेलन’ आयोजना गर्ने भएको छ ।
प्रतिष्ठानले यूके एड तथा द एसिया फाउन्डेसनसँगको सहकार्यमा माघ १० गते उक्त सम्मेलन गर्न लागेको हो ।
सम्मेलनमा विज्ञान प्रविधि र नवप्रवर्तन नीति, राष्ट्रिय नवप्रवर्तन प्रणाली सम्बन्धी फ्रेमवर्क र विश्व नवप्रवर्तन तथा राष्ट्रिय नवप्रवर्तन सूचकाङ्कजस्ता विषयमा छलफल हुने नास्टले जनाएको छ ।
देशमा अनुसन्धान र विकासलाई बढावा दिन, दिगो विकास हासिल गर्न, नवप्रवर्तनहरुलाई एक स्थानमा ल्याउन तथा उनीहरूको भूमिकालाई विस्तार गर्न र विश्व नवप्रवर्तन सूचकाङ्कमा नेपालको स्थान सुधार गर्ने बाटो पहिल्याउन राष्ट्रिय नवप्रवर्तन सम्मेलन उदेश्य रहेको आयोजकले जनाएको छ ।
सम्मेलनका क्रममा नवप्रवर्तनको क्षेत्रमा क्रियाशिल प्रतिभा प्रदर्शनका साथै नवप्रवर्तक र लगानीकर्ताहरूलाई प्रोत्साहन गरिने आयोजकले उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्