मुक्ति समाज स्याङ्जाको सातौं अधिवेशन सम्पन्न

मिलन विश्वकर्मा
मिलन विश्वकर्मा ७ माघ २०७९, शनिबार
3 Min Read
Aa

पाल्पा, ७ माघ । नेकपा एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज स्याङ्जाको सातौं जिल्ला सम्मेलन शनिबार स्याङ्जाको सदरमुकाम पुतलीबजारमा सम्पन्न भएको छ ।

सभामा प्रमुख अतिथि गण्डकी प्रदेश मन्त्री सीता सुन्दासले दलित र पछाडि परेका  परेका वर्ग र समुदायको हितमा आफूले काम गर्ने बताउनुभयो । आफू निम्न वर्ग र सदियाैंदेखि पाछाडि परेको समुदायबाट नेतृत्व गरिरहेकी छु। मेरो  धरातल यही हो। जसरी आमाको दूधको भाडा छोराछोरीले तिरेर सक्दैनन्। मैले पनि ती सबै गुन तिर्न नसक्ने बताउनु भयो । यी वर्ग र समुदायको हितमा आफूले निरन्तर काम गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो।  गाउँ गाउँमा पुगेर जनताको आवश्यकता र मागका आधारमा विकास निर्माणको काम गर्ने सुन्दासले बताउनुभयो।

विशिष्ट अतिथि मुक्ति समाजका केन्द्रीय अध्यक्ष मनोहर विक पौडेलले मुलुकमा भएका जुनसुकै आन्दोलनमा उत्पीडित दलित समुदायका मानिसले भूमिका खेलेका छन् । स्याङ्जाको उदयचौर दूधकाण्ड लगायतका आन्दोलन मुलुक परिवर्तनमा निकै महत्त्वपूर्ण रहेको उहाँले बताउनुभयो । टिकट दिए दलित समुदायका उम्मेदवार हार्छन भन्ने भ्रम यस जिल्लामा शीत सुन्दासले जितेपछि चिरेको बताउनुभयो । जातीयकै नाममा गरिएका विभेदले अहिले पनि दलित समुदायका नागरिकले शीर ठाडो बनाएर हिड्ने अवस्था छैन । जातीय विभेद नहट्दासम्म मुलुकको विकास र समृद्धि हुने छैन । समाजमा सबै समान रुपले जिउने वातावरण बन्नुपर्ने उहाँले बताउनुभयो । यसको नेतृत्व नेकपा एमाले र मुक्ति समाजले गर्नुपर्ने उहाँले बताउनुभयो ।

नेकपा एमाले केन्द्रीय सदस्य तथा स्याङ्जाका सह-इन्चार्ज सीमा क्षेत्रीले चार जात छत्तीस वर्णको फुलबारी भएको मुलुक हो । तर विभेद थियो । अहिले पनि विभेद कायम छ । यसको अन्त्यका लागि सबै एक जुट भएर अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो ।

संविधानसभा सदस्य टेकु नेपालीले जातीय विभेद न्यूनीकरण गर्ने भूमिकामा मुक्ति समाजले नेतृत्व लिने बेला आएको बताउनुभयो ।

नेकपा एमाले स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैरे पारसले दलित समुदाय मुद्दामा एमाले पार्टी गम्भीर रहेको बताउनुभयो । समानुपातिक समावेशी पद्धतिलाई पालना गरेको छ । स्याङ्जा दलित समुदायका महिलालाई प्रत्यक्षमा निर्वाचनमा लडाएर विजयी हासिल गर्नु यसको ज्वलन्त उदाहरण भएको उहाँले बताउनुभयो ।

पूर्व सांसद नारायण मरासिनीले जातीय विभेद अन्त्य गर्नको लागि नेता र नेतृत्वले मुख्य भूमिका खेल्नुपर्ने बताउनुभयो ।

मुक्ति समाजका जिल्ला अध्यक्ष तिलमराम विश्वकर्माको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश गण्डकी प्रदेशका सांसद नन्दकुमारी नेपाली,  मुक्ति समाज गण्डकी प्रदेश अध्यक्ष निर्मल केडी,  केन्द्रिय सदस्य धनबहादुर नेपाली लगायतले शुभकामना दिनुभएको थियो ।

मुक्ति समाजका जिल्ला उपाध्यक्ष यमबहादुर बिकले स्वागत गर्नुभएको कार्यक्रममा सचिव मेघ प्रनेशले संचालन गर्नुभएको थियो ।

यसैबीच अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । अधिवेशनमा जिल्ला भरिका करिव  ४०० प्रतिनिधि सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्