देवदह नगर अस्पताल बाट कहिले देखि नियमित सेवा पाउने ?

खबर खुराक
खबर खुराक ८ माघ २०७९, आईतवार
5 Min Read
Aa

केही समय अघि देवदह नगरपालिकामा हालै मात्र संचालनमा आएको देवदह नगर अस्पतालका बारेमा सामाजिक संजालमा अभिव्यक्ति आयो,

‘सस्तो औषधि अस्पताल बाटनै दिइयो र महङ्गो औषधि बाहिर लिन पठाएको भन्ने अभिव्यक्ति एक जना सर्वसाधारणले सामाजिक संजालमा राखेका थिए।सम्बन्धित निकायले के भएको हो भन्ने बुझी समस्याको समाधान गर्यो त्यो औषधि सम्बन्धि मुद्दा टुंगियो  ।

भर्खर सुचारू भएको अस्पताल भएको कारण व्यवस्थापन हुँदै छ,बिस्तारै सुधार हुँदैछ हुने क्रममा छ,त्यसैले सानोतिनो कमजोरीलाई खासै प्राथमिकता दिएको थिएन ।

तर आज मैले नगर अस्पतालमा जुन कुरा भोगे त्यो कुरा नलेखिरहन सकिन,

मेरो नाम निर्मल (एसपी) थापा । पेशाले म पत्रकार , विशेष गरि प्रचारकारिता भन्दा पनि वास्तविक पत्रकारिता गर्न रुचाउँछु।जनताको आवाज बोल्न रुचाउँछु। मध्यम वर्गीय परिवारको म पत्रकारिताको दुरुपयोग गर्न मेरो नैतिकताले दिएन,

‘मिडिया कुनै पार्टी अथवा व्याक्तीको मुख पत्र बन्यो भने जनताको आवाज र मुद्दा कमजोर हुँदै जान्छ’ भन्ने कुरा राम्रो सङ्ग मैले बुझेको छु। र धेरै मिडियाहरु चाकडीनै त नभनौ तर अघि पछि चाप्लुसी गर्दै हिंडेको देखेको पनि छु ।

कतिपय मुद्दाहरू यस्ता हुन्छन् जुन कुरा लेख्दा भन्दा नलेख्दा न्याय हुन्छ, तर कतिपय कुरा शब्द बाटै अर्थात लेखेरै सुधार र सम्बन्धित निकायलाई खबरदारी हुन्छ भने किन नलेख्ने ?

धेरै लामो कुरा गर्नु अर्थात भूमिका बाढीरहनु भन्दा मुख्य मुद्दा तर्फनै लागौं ,

•चिसो र कमजोरीका कारण मेरो ७६ वर्षीय बुवालाई दम बढ्यो,नगर अस्पताल संचालनमा आएकोले सोही अस्पताल बाट सेवा लिगौ भन्ने लागेर बुवालाई अस्पताल पुर्याए,

•अस्पताल पुर्याउदा दिउसोको २ बजेको थियो ल्याब बन्द भैसकेको रहेछ,एक जना कर्मचारीले आज अस्पताल बन्द भैसक्यो अब आइतबार सम्म लगातार सार्वजनिक विदा छ सोमबार आउनु भन्ने आशयको कुरा गरे ,

•विरामी लिएर अस्पताल आएको कहाँ सोमबार सम्म सार्वजनिक विदा भन्दै बस्नु भन्ने कुरा गरेपछि त्यसो भए ल्याब बन्द भैसकेको छ इमेर्जेन्सी वार्डमा लैजाउ भनेपछि ठिक छ भनेर एमर्जेन्सी वार्डमा लगियो,

•एमर्जेन्सी वार्डमा लगेपछि त्यहाँ युवा आएर के भएको सोधे,(उनी सोहि अस्पतालमा खटिएको डाक्टर रहेछन्)

•चेक गरेको केही कार्ड छ, त्यो दिनु त्यही अनुसार उपचार हुन्छ ती डाक्टरले भने, बुवालाई अन्य ठाँउमा चेक नगराएको, यस अघि विरामी पनि नभएको कारण विरामी कार्ड हुने कुरै भएन,

•कार्ड भए उपचार हुने नभए नहुने भए अस्पताल के का लागी? चेकनै नगरी ती डाक्टरले बुटवल लैजानुस विरामीलाई हामी एम्बुलेन्स बोलाइदिन्छम,अक्सिजन समेत लगाउनुपर्छ भन्न भ्याए,

•अस्पताल पुगेका विरामीको प्रेसर, ज्वरो आदि प्राथमिक उपचार गर्न डाक्टरले किन नखोजेका हुन् अचम्म लाग्यो।

•ल्याब बन्द भैसकेको र सोमबार अगाडी उपचार नहुने संकेत पाए पछि मैले विरामी बुवालाई नगर अस्पताल बाट निकाले र एक निजि अस्पतालमा भर्ना गरे।

•निजि अस्पतालमा विरामी लैजान साथ उपचार प्रक्रिया सुरु गरिहाल्नुभयो।उपचारको लागि सोमबार सम्म पर्खिनु पर्ने अवस्था थिएन,क्लिनिकमा दम अल्लि बढी भए पछि भर्ना गर्नुपर्ने सुझाव आए बमोजिम हाल बुवा उपचाररत हुनुहुन्छ ।

•यी कुराहरू मैले नलेखे पनि हुन्थ्यो, तर सुधारका लागि खबरदारी गर्न लेख्नै पर्ने भयो।

•सारमा के भने देवदह नगर अस्पताल संचालन गर्न केही हतार गरिएकै हो। ‘हतपतको काम लतपट’ भनेजस्तै पुर्ण रूपमा तयारी नगरी संचालनमा ल्याउदा सर्वसाधारणको उपचार प्रभावित बन्न पुगेको छ।अस्पतालमा जनशक्ति  थप गर्ने प्रक्रिया चलिरहेको बुझेको छु,तर सामान्य विरामी आउँदा चेकजाँच गर्ने गरि अवश्य कर्मचारी परिचालित होलान ।

•अस्पताल संचालनमा आउँदा विरामीलाई नगर अस्पताल छ भनेर ढुक्क सङ्ग भन्ने स्थिति अझै बनिसकेको छैन,त्यो मैले महसुस गर्न पाए।

•निकट भविष्यमानै स्वास्थ्य बिमा समेत लागू हुने गरि संचालन हुन लागिरहेको नगर अस्पतालको नवनिर्मित भवनको काम हाल रोकिएको छ।ठेकेदार काम छोडेर सम्पर्क बिहिन हुँदा अस्पतालको भवनले गति लिन सकिरहेको छैन ।

•एक निजि अस्पतालको बेड बाट बा लाई उपचार गर्दै इ कुराहरु लेखिरहदा परिचालित भएर लेख्यो,सुनियोजित ढङ्गले लेख्यो भनेर अवश्य भन्छन् र भन्नेछन ,र यो कुनै सुनियोजित र निहित स्वार्थ भन्दा पनि जनताको आवाज प्रतिनिधित्व गर्दै बोलेको हु,लेखेको हो।

•अस्पतालमा सेवा पाउन बाट म बन्चित भए भनेर जानकारी गराउन संबंधित वडा र नगरपालिकाका जनप्रतिनिधिलाई जानकारी गराउन खोज्दा कुनै प्रतिक्रिया आएन, अस्पतालको कमजोर व्यवस्थापन तत्काल सुधार गर्न यसै आलेख मार्फत आग्रह समेत गर्दछु।

•अब यति कुरा लेखेर म पन्छिन मिल्दैन, नगर अस्पतालको सेवा सुविधा चुस्त दुरुस्त गराउन पहल गर्नु मेरो पनि कर्तव्य हो।गलत कामको खबरदारी र राम्रो कामको सम्मान ‘खबर सङ्गै खबरदारी रहि रहनेछ।

प्रतिक्रिया दिनुहोस्