Ad imageAd image

चीनले भन्यो- ८० प्रतिशत जनसंख्या कोभिड-१९ बाट संक्रमित भइसक्याे

खबर खुराक
खबर खुराक ८ माघ २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं। चीनका एक प्रख्यात सरकारी वैज्ञानिकले जनसङ्ख्याको करिब ८० प्रतिशतलाई कोभिड१९को सङ्क्रमण भइसकेको बताएका छन्।

चाइना सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका प्रमुख एपिडेमोलोजिस्ट वु जुनयुले शनिबार भनेका छन्,’नयाँ वर्षको बिदाको अवधिमा मानिसहरूको ठूलो आवागमनले महामारी फैलाउन सक्छ, केही क्षेत्रमा सङ्क्रमण बढाउन सक्छ, तर दोस्रो कोभिड लहर अबको दुई-तीन महिनामा आउने सम्भव छैन।’

किनभने ‘महामारीको चलिरहेको लहर प्रायः ओमिक्रोन स्ट्रेनका धेरै उपभेरियन्टहरुले जनसङ्ख्याको ८० प्रतिशतलाई संक्रमित गरिसकेको,’ उनलाई उद्धृत गर्दै सामाजिक सञ्जाल प्लेटफर्म उइबोमा उल्लेख गरिएको छ।

कोभिड-१९का कडा प्रतिनिधिहरू हटाएकै बेला नयाँ वर्ष मनाउन लाखौँ चिनियाँ नागरिक आफ्नो घर गए पछिको अवस्थामा उनको यो टिप्पणी आएको हो।

- Advertisement -
Ad image

करिब पाँच अर्ब यात्रा हुने अनुमान गरिएका बेला ग्रामीण क्षेत्रहरू जहाँ ठूलो सङ्ख्यामा प्रकोप नियन्त्रण गर्ने तयारी कम छ त्यहाँ प्रकोपको डर बढेको छ।

यद्यपि, राष्ट्रिय स्वास्थ्य आयोगले ज्वरो क्लिनिकहरू, आपत्कालीन कक्ष र गम्भीर अवस्थाका बिरामीको उच्च सङ्ख्या पार गरेको भन्दै चिन्ता कम गरेको छ।

चीनले अचानक आफ्नो शून्य कोभिड-१९ नीति खारेज गरेको झण्डै एक महिनापछि सरकारी तथ्याङ्कअनुसार जनवरी १२ सम्म कोभिड-१९ कारण झण्डै ६० हजारले ज्यान गुमाएका छन्।

 

प्रतिक्रिया दिनुहोस्