Ad imageAd image

अपहरणमा परेका जनकपुरधामका २ युवाको शव भारतमा भेटियो

खबर खुराक
खबर खुराक ८ माघ २०७९, आईतवार
1 Min Read
Aa

जनकपुरधाम : दुई साता अगाडि भारतमा अपहरणमा परेका जनकपुरधामका दुई युवाको शव फेला परेको छ। १३ दिनदेखि सम्पर्कविहीन रहेका जनकपुरधाम उपमहानगरपालिका-८का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको शव भारतमा भेटिएको हो।

मृतक दुबैजना एकै परिवारका हुन्। रोहित विष्णुलाई लिएर भारतको सितामढी जिल्लाको बेला परिहारमा नातेदारको घर गएका थिए। सोही ठाउँमा दुबै अपहरणमा परेका हुन्।

भारतीय प्रहरीले भारतको सोही क्षेत्रमा दुईवटा शव फेला पारेपछि आइतबार बिहान मृतक युवकहरुको आफन्तलाई सनाखतका लागि खबर गरेको थियो।

मृतक दुबै जनाको शव अहिले भारतको बेला परिहार स्थित प्रहरी कार्यालयमा राखिएको छ। शव नेपाल प्रहरीलाई बुझाउने तयारी  भइरहेको छ।

- Advertisement -
Ad image

आफन्तको घर भारत पुगेका दुबै जना सम्पर्कविहीन भएको केही दिनपछि उनीहरुको परिवारलाई फिरौतीका लागि भारतीय नम्बरबाट फोन आइरहेको थियो। सुरुमा ५० लाख मागेका अपहरणकारीले पछि फिरौती रकम २० लाख मागेका थिए।

अपहरणकारीहरुले विष्णुको आवाज रेकर्ड गरेर उनको परिवारलाई पठाएको थियो। विष्णुको पारिवारिक सदस्यहरुका अनुसार अपहरणकारीहरुले फिरौतीको रकम लिएर सर्लाहीको मलंगवा नाकामा बोलाएको थियो। तर एकाएक अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेपछि विष्णुको परिवारमा तनाव बढेको थियो।

प्रतिक्रिया दिनुहोस्