सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो?

खबर खुराक
खबर खुराक ८ माघ २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं : सुनचाँदी बजारमा आइतबार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला २ सयले घटेको छ । अघिल्लो दिन प्रतितोला एक लाख ५ हजार २ सयमा कारोबार भएको सुनको मूल्य आज एक लाख ५ हजार तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४ हजार ५ सय छ । यसको मूल्य अघिल्लो दिन एक लाख ४ हजार ७ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार ३ सय ७५ कायम रहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्