Ad imageAd image

रुपन्देहीमा चोरीभयो सुनचाँदीका गहना राखेको २५० किलोको ‘सेफ’

खबर खुराक
खबर खुराक ८ माघ २०७९, आईतवार
1 Min Read
Aa

बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिका– ५ गरगरेमा सञ्चालित न्यू अर्घाखाँची सुनचाँदी पसलबाट साढे आठ लाखका तयारी सामग्री चोरी भएको छ । पसलबाट सुनचाँदीका गरगहना राखिएको सेफ नै चोरी भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार शनिबार राति पसलको सटर फोरेर सेफसहित गरगहना चोरी भएको हो । पसलधनी लालबहादुर विश्वकर्माका अनुसार सेफमा आठ तोला सुन र ६० हजार बराबरको चाँदीका गरगहना रहेको थियो ।

तर, २५० किलोभन्दा बढी वजन रहेको सेफ चोरी हुँदा स्थानीयले थाहा पाएनन् । बजारमा राखिएको सीसीटीभी क्यामरा नचल्दा चोरीको फुटेजसमेत कतै कैद हुन सकेन ।

कञ्चन गाउँपालिकाले बजार क्षेत्रमा सीसीटीभी राखेको भए पनि कुनै पनि चालू अवस्थामा नदेखिएको इप्रका सालझण्डीका प्रहरी निरीक्षक जगतनाथ मरासिनीले बताए ।

- Advertisement -
Ad image

 

प्रतिक्रिया दिनुहोस्