एफएनसीसीआईको एसएमईज सम्मेलन आज हुँदै

खबर खुराक
खबर खुराक ९ माघ २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले आज काठमाडौंमा एसएमईज सम्मेलनको आयोजना गर्दैछ । महिला उद्यमीलगायत लघु, घरेलु, साना तथा मझौला उद्योग व्यवसाय क्षेत्रको विकास, विस्तार एवं प्रवद्र्धनमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।

सम्मेलनमा नीतिगत व्यवस्था, वित्तिय पहुंच, बजार प्रवद्र्धन, निर्यात प्रवद्र्धन, अतिकम विकसित मुलुकबाट स्तरोन्नती हुदा पर्ने प्रभाव लगायतका विषयहरुमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुुती, सामूहिक छलफल हुनेछन् ।

आज बिहान साढे ९ बजे सुरु हुने कार्यक्रममा प्रदेश उद्योग वाणिज्य संघ, जिल्ला तथा नगरस्तरिय उद्योग वाणिज्य संघ, वस्तुगत संघ, नेपाल सरकारका प्रतिनिधिहरु, महिला, लघु, घरेलु, साना तथा मझौला उद्यमीलगायत सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागीता रहने छ ।

मुलुुकको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा लघु, घरेलु, साना तथा मझौलाको रहेको छ । जीडीपीमा उद्योग क्षेत्रको योगदान ५.६ प्रतिशत छ । त्यसमा एसएमईजको अंशमात्र ९० प्रतिशत रहेको बताइन्छ । यस क्षेत्रबाट करिव १७ लाखले रोजगार पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्