काठमाडौं। नेपाली क्रिकेटमा पछील्लो समय देखिएको सट्टाबाजी र म्याच फिक्सिङ प्रकरणले नयाँ रूप लिएको छ। अनुसन्धान गरिरहेको नेपाल प्रहरी(सिआईबी) ले पूर्व क्रिकेटर मेहबुब आलम र आदिल अन्सारीलाई पक्राउ गरेको छ।
मेहबुब आलमलाईर आदिल अन्सारीलाई काठामडौं बाहिर पक्राउ गरिएको सिआइबीले जनाएको छ। पक्राउ परेका दुईजनालाई काठमाडौं ल्याउने तयारी भइरहेको बताइएको छ।
नेपाल टि-२० क्रिकेट लिगमा स्पट फिक्सिङ भएको आरोप पछि सिआइबीले अनुसन्धान सुरु गरेको थियो। यो लिग सुरुदेखि नै विवादमा थियो। लिगमा स्पट फिक्सिङको आशङ्का भएपछि सिआइबीको अनुसन्धान गरेको थियो। अनुसन्धानबाट केही नेपाली र विदेशी खेलाडीहरू समेतको संलग्नता हुनसक्ने आशङ्का गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्