१० माघ काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद्का वरिष्ठ सहायक जित चौधरीले नेपालमा पछिल्लो समय ५० प्रतिशत कफी उत्पादनमा कमी आएको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित नेपालको कफी उत्पादनसम्बन्धी गरिएको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै चौधरीले नेपालमा पछिल्लो समय ५० प्रतिशत कफी उत्पादनमा कमी आएको बताए । उनले पछिल्लो १० वर्षको तुलनामा नेपालमा कफी खेती बढे पनि उत्पादन भने ५० प्रतिशतले घटेको अनुसन्धानले देखाएको बताए ।
नेपालको कफी उत्पादन ६ केजी प्रतिहेक्टर भए पनि अन्यदेशको तुलनामा अत्यन्तै कम भएको बताए । उनले नेपालमा अब व्यापार तथा निर्यातभन्दा पनि उत्पादन वृद्धिमा ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए ।
नेपालमा कफीको उत्पादन बढाउनको लागि बाहिरी देशबाट नयाँ प्रजातिको बीउ ल्याएर वा कफी खेतीमा सुधार गरी उत्पादन वृद्धि गर्नुपर्ने बताए ।
नेपालमा कफी खेती धेरै भए पनि कम उत्पादन हुनुमा नेपालमा भएको कफीको वंशाणुगत गुणहरु वर्षैपिच्छे कम हुँदै जानु रहेको बताए । उनले नेपालमा उच्च किसिमको उत्पादन दिने जातको कफी पनि नभएको बताए ।
प्रतिक्रिया दिनुहोस्