१० माघ डडेल्धुरा जिल्लाका नमुना तथा उत्कृष्ट गाउँपालिकामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।
सुदुरपश्चिम प्रदेशमा कार्यसम्पादन तथा मुल्यांकन मा उत्कृष्ट डडेल्धुराको अजयमेरू गाउँपालिकामा आर्थिक वर्ष २०७८/०७९ र २०७९/०८० को अर्धवार्षिक कार्यक्रम समीक्षासहित सार्वजनिक सुनावाइ गरिएको हो।
सोमबार आर्थिक वर्ष ०७८/०७९ मा सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाइ गर्ने उद्देश्यले कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ।
कार्यक्रमका सहभागीले नमुना गाउँपालिकालाई उदाहरणीय बनाउन सुझाव दिएका थिए। पालिकाका अधुरा विकास आयोजना चाँडै सम्पन्न गर्न, ढिलासुस्ती गर्नेलाई कारबाही गर्न, अनुदानका कार्यक्रम प्रभावकारी बनाउन स्थानीयबासीले सुझाव दिएका थिए।
सहभागीले उठाएका प्रश्नको गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्ट, उपाध्यक्ष बसन्ती पाल, निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल सेटी, विषगत शाखाका प्रमुख र वडा अध्यक्षहरुले जवाफ दिएका थिए । गाउँपालिकालाई समृद्ध बनाउन अझै जुटेर लाग्ने पालिका अध्यक्ष भट्टले बताए।
प्रतिक्रिया दिनुहोस्