१० माघ काठमाडौं उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले संसदमा सांसदहरुले उठाएका सबै विषयमाथि सम्बोधन हुने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले संसदमा उठेका विषयमाथि गम्भीर छलफल हुने र छिट्टै सम्बोधन हुने बताए।
वर्षौंसम्म शासन सत्ता चलाएका राजनीतिक दलहरूले नै राज्यका संयन्त्रलाई थिलथिलो अवस्थामा पुर्याएको उनको भनाइ छ। त्यसका लागि रातदिन नभनेर प्रणाली सुधारमा आफू लागिपरेको उनले बताए।
उनले भने,’वर्षौंसम्म शासन सत्ता चलाएका राजनीतिक दलहरूले राज्यका संयन्त्र थिलथिलो बनाएका छन्। आफूले गृहमन्त्रालयले सम्हालेदेखि प्रणाली सुधारमा लागेका छौं।’ परिणाम देखाउने गरी काम भइरहेको छ।’
उनले राज्यका संयन्त्रलाई हिजो चलाएजस्तो अब चलाउन नमिल्ने बताए।
गृहमन्त्री लामिछानेले संसदमा छेड खाने,एक अर्कालाई होच्याउन काम नगर्न सांसदहरूलाई सुझाव समेत दिए। भने,’छेड खाने,एक अर्कालाई होच्याउने काम बन्द गरौं। हिजो देखिका खाटा बसेका घाउहरूलाई कोट्याउने काम म र मेरो पार्टीले गर्ने छैन।’
हिजोका आरोप र गन्थनमा चासो नभएको र जनताको हितमा बहस हुनु आवश्यक रहेको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्