ब्लड मनीबाट ऋचालाई अवार्ड

खबर खुराक
खबर खुराक १० माघ २०७९, मंगलवार
1 Min Read
Aa

१० माघ,अष्ट्रेलिया ।  अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियाको प्रतिष्ठित ‘टाइटन फिल्म फेस्टिभल’मा सर्ट फिल्म ‘ब्लड मनी’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितकी छन् ।

सिड्नीमा आयोजना भएको फेस्टिभलमा अवार्ड ग्रहण गर्दै उनले आयोजकलाई धन्यवाद दिइन् । “हाम्रो कामको मूल्याङ्कन हुँदा खुसी लाग्छ । यसमा महिलाको सङ्घर्षलाई प्रस्तुत गरिएको छ”, अभिनेत्री शर्माले भनिन् । उनी अवार्ड ग्रहण गरेपछि यहीसाता नेपाल फर्कँदै छिन् ।

साउदी अरबमा अपराधको कसुरमा जेल सजाय भोग्न बाध्य श्रीमान्को श्रीमतीको भूमिका उनले निर्वाह गरेकी छन् । अपराध गरेपछि क्षति हुने परिवारले मागे बराबर रकम दिने प्रक्रियालाई ‘ब्लड मनी’ भनिन्छ । फिल्ममा अभिनेत्री मिथिला शर्माले आमा र अशोक तिमल्सिनाले पतिको भूमिका निर्वाह गर्नुभएको छ । यसका लेखक तथा निर्देशक पनि तिमल्सिना नै छन् ।

प्रतिक्रिया दिनुहोस्