बुटवल ६ लेन सडक डायरी: निर्माण कम्पनीद्वारा पटक पटक म्याद थप्दै समय गुजार्दै

खबर खुराक
खबर खुराक १० माघ २०७९, मंगलवार
5 Min Read
Aa

रुपन्देही । यसपालीको माघ महिनाको कठ्याङ्ग्रिँदो चिसो पनि जानै लाग्यो । यस्ता माघ महिनाको चिसोलाई बुटवलको राजमार्ग चौराहा–चिडियाखोला अलपत्र ६ लेन सडकको चियोचर्चाेले यसपाली पनि गरमागरम बनायो । जहाँ, चिया चौतारीमा समेत ६ लेनकै चर्चा चुलिँदै आएको छ ।

जसले गर्दा अहिले आमनागरिकहरुले निर्माण गर्न ठेक्का लिएको कम्पनीले ६ लेन सडकको पटकपटक दुरुपयोग गरेको तर प्रगतिमा भने कुनै चमत्कार नल्याएको गुनासो गर्न थालेका छन् । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–बेलहिया सडक बनाउन ठेक्का लिएको निर्माण कम्पनीले राजमार्ग चौराहा देखि बेलहियासम्म चारलेन सडक बनाएकोमा त्यसमध्ये केही ठाउँमा सर्भिस लेनको काम अझै बाँकी हुँदा यता चौराहा–चिडिया खोलासम्म ६ लेन सडक बनाउने काम विगतदेखि अलपत्र पर्दै आएको छ । सडक किनारमा कतै नाली बनाएपनि पूरा नगरेकाले माथिबाट ढक्कन नराखेको हुँदा ठुला खाडल बनाएर छाड्दा व्यापारिक पसलहरू प्रभावित बनेका छन्, भने चौपाया र मानिसहरू खाडलमा खसेर दुर्घटना हुन सक्ने खतरा बढेको छ ।

ठेक्का लिएर सडक निर्माण कार्य फत्ते गर्ने जिम्मेवारी लिएको निर्माण कम्पनी “द कञ्चनजङ्घा जेवी विरुवा”ले २ पटकसम्म म्याद थपिसकेको छ । दोस्रो पटक थपिएको म्याद गत असार मसान्तमा सकिएको छ । तेस्रो पटक म्याद थप्न कूटनीतिक चाल चालेको निर्माण कम्पनीलाई म्याद थप्न गत असार १९ गते आएको १२ औं खरिद ऐन संशोधनले म्याद थप्न मौका मिल्यो । यता सडक डिभिजन बुटवलले ठेक्का रद्द किन नगर्ने ? भनी सूचना प्रकाशित गर्दै लिखित जवाफ मागेपछि निर्माण कम्पनी अत्तालिएको थियो । अन्ततः नयाँ खरिद ऐनमा टेकेर २०७९ भदौ ६ गते तेस्रो पटक पनि म्याद थपेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्