सुनको मूल्य तोलामा १०० रुपैयाँले घट्यो

खबर खुराक
खबर खुराक ११ माघ २०७९, बुधबार
1 Min Read
Aa

११ माघ काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुन तोलामा १०० रुपैयाँले घटेको हो ।

आज छापावाल सुन तोलामा १ लाख ६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन मंगलबार उक्त सुन तोलामा १ लाख ६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलामा १ लाख ५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य स्थिर रहेको छ । चाँदी आज तोलामा १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्