जसिन्डाको राजीनामापछि ४४ वर्षीय क्रिस बने न्यूजिल्याण्डको प्रधानमन्त्री

खबर खुराक
खबर खुराक ११ माघ २०७९, बुधबार
1 Min Read
Aa

११ माघ काठमाडौं । जसिन्डा आर्डर्नको राजीनामापछि क्रिस हिपकिन्स न्यूजिल्याण्डको प्रधानमन्त्री बनेका छन् । राजधानी वेलिङ्टनमा आयोजित एक औपचारिक समारोहमा गभर्नर जनरल सिन्डी किरोले हिपकिन्सलाई शपथ गराएका छन् ।

४४ वर्षीय क्रिस सन् २००८ मा पहिलो पटक सांसद निर्वाचित भएका थिए । प्रधानमन्त्री हुनुअघि उनी प्रहरी, शिक्षा र लोकसेवा मन्त्री थिए ।  आगामी अक्टोबरमा न्यूजिल्याण्डमा आमनिर्वाचन हुँदै छ।

क्रिसलाई लेबर ककसले औपचारिक रूपमा समर्थन गरेको थियो।प्रधानमन्त्री भएसँगै उनी लेबर पार्टीको नेता पनि बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्