३४ किलो चरेससहित धादिङबाट एकजना पक्राउ

खबर खुराक
खबर खुराक ११ माघ २०७९, बुधबार
1 Min Read
Aa

११ माघ, धादिङ। धादिङको गल्छी गाउँपालिका-८ बाट ३४ किलो पाँच सयग्राम चरेशसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज बिहान धादिङ गजुरी गाउँपालिका–८ किरानचोकका ३२ वर्षीय वीरबहादुर तामाङलाई पृथ्वीराजमार्गको सुत्केरीढुङ्गा भन्ने ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

कोटेश्वरबाट आएको प्रहरी टोलीले लुकाएर राखेको ठाउँबाट चरेस फेला पारेको र तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।

गत सोमबार पनि धादिङको थाँक्रे गाउँपालिका–२ समटारबाट आठ किलो पाँच सय ग्राम चरेससहित मकवानपुरको थाहा नगरपालिका–८ की लक्ष्मी पुरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

माहदेवबेँशी-पालुङ भित्री सडकखण्डमा यात्रुबाहक बसमा जाँचको क्रममा नियन्त्रणमा परेका पुरीको धादिङ जिल्ला अदालतबाट १० दिन म्याद थप भई अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्