बागमती प्रदेशमा मन्त्रीहरूको नाम टुंगो लाग्यो,आजै शपथ

खबर खुराक
खबर खुराक ११ माघ २०७९, बुधबार
1 Min Read
Aa

११ माघ काठमाडौंःबागमती प्रदेशको मन्त्रीहरुको नाम टुंगो लागेको छ । बागमती प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले ४/४ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ मन्त्रालय पाउने सहमतिसँगै मन्त्रीको नाम टुंगो लागेको हो ।

जसअन्तर्गत् एमालेबाट एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, रामेश्वर श्रेष्ठ स्वास्थ्य र  केशवप्रसाद पोखरेल कृषि तथा पशुपंक्षी विकास मन्त्री बन्ने भएका छन् ।
यस्तै,माओवादीबाट गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन,युवराज दुलाल भौतिक पूर्वाधार विकास र कुमारी मोक्तान सामाजिक विकास मन्त्री बन्ने सहमति भएको हो ।

राप्रपाबाट डम्बरबहादुर तामाङ उद्योग,पर्यटन,सहकारी मन्त्री र राजु बिष्ट वन तथा वातावरण मन्त्री बन्ने भएका छन् । राप्रपा संसदीय दलका नेता उद्धव थापा खानेपानी,ऊर्जा तथा सिंचाई मन्त्री बन्ने भएका छन् ।

यसअघि एमालेका संसदीय दलका नेता जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् भने माओवादीबाट शालिकराम जम्कट्टेल प्रदेश मुख्यमन्त्री भएका छन्।

नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाउने तयारी थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्