प्रि-ओपन सेसनमा नेप्से २.४२ अंकले बढ्यो

खबर खुराक
खबर खुराक ११ माघ २०७९, बुधबार
1 Min Read
Aa

११ माघ काठमाडौं । प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से परिसुचक २.४२ अंकले वृद्धि भई २१६६.०५ विन्दुमा आएको  छ ।

यससँगै १३ कम्पनीको ८ सय ८५ कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख ६४ हजार ६२३ रुपैयाँको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ७ कम्पनीमा उकलो लागेको छ भने ६ कम्पनी घटेको छ ।

यता, १३ उपसूचकहरुमध्ये ४ कम्पनीमा सामान्य वृद्धि भएको छ भने २ कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

प्रतिक्रिया दिनुहोस्