११ माघ, सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लाहरु तीन दिनदेखि भारी हिमपात भएको छ । जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालीकोटमा हिमपात भइरहेको छ । अन्य जिल्लाहरुमा पनि वर्षा भइरहेको छ ।
हिमपातले गर्दा हुम्ला, जुम्ला, मुगु र डोल्पा सदरमुकाम सेताम्य देखिएका छन् । मंगलबारदेखि परेको हिउँले घर, आँगन, खेतबारी र बोटविरुवा ढाकिएका छन् । भारी हिमपातका कारण यी जिल्लाहरुमा यातायात र सञ्चार सेवा समेत प्रभावित बनेको छ भने त्यहाँको जनजीवन कष्टकर बनेको छ ।
सडक र विद्युत नपुगेका हिमाली क्षेत्रमा सौर्य ऊर्जाबाट सञ्चालन हुने त्यहाँका फोन सेवा बन्द छन् । हुम्लाको माथिल्लो क्षेत्र, उपल्लो डोल्पा र मध्य डोल्पाको सम्पर्कविच्छेद भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी माधव श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्