Ad imageAd image

देवदहमा ३ महिने ब्युटिसियन तालिम सुरु

खबर खुराक
खबर खुराक १३ माघ २०७९, शुक्रबार
2 Min Read
Aa

!१३ माघ देवदह । रुपन्देहीको देवदहमा ३ महिने ब्युटिसियन तालिम सुरु भएको छ ।देवदह -७ मा रहेको चेली कृषि सहकारी संस्थाको समन्वय र रोटरी क्लब अफ बुटवल डाउन टाउनको आयोजनामा ३ महिने नि:शुल्क ब्युटिसियन तालिम आज देखि सुरु भएको हो।

तालिमको उद्घाटन गर्दै देवदह नगरपालिकाकी उपप्रमुख विद्या लक्ष्मी गुरुङले सिकेको सिपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।प्रमुख कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका गुरुङले ब्युटिपार्लर पेशा पछिल्लो समय फस्टाउँदो रहेको र यो पेशा सिकेर थोरै लगानीमा पनि स्वोरोजगार बन्न सकिने बताउनुभयो । संस्थाले निरन्तर रुपमा महिला उद्यम तथा महिला शसक्तिकरणको अभियान तथा कार्यक्रम गरेको भन्दै यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

त्यस्तै आयोजक संस्था रोटरी क्लब अफ  बुटवल डाउन टाउनका अध्यक्ष भरत रानाले विगत ५ वर्ष देखि चेली कृषि सहकारी संस्था संग सहकार्य गरेर बिभिन्न तालिम तथा कार्यक्रम सम्पन्न गरेको बताउनुभयो ।विगतमा झोला बनाउने तालिम, सिलाई कटाई तथा प्रौढ शिक्षा कार्यक्रम गरेको स्मरण गर्दै अध्यक्ष रानाले संस्थाको मुख्य उदेश्य भनेकोनै सामाजिक कार्य रहेको उल्लेख गर्नुभयो  ।

कार्यक्रममा चेली कृषि सहकारी संस्थाका कोषाध्यक्ष देवी अधिकारी, रोटरी क्लब अफ बुटवल डाउन टाउनका उपाध्यक्ष कमला हमाल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । प्रशिक्षक रिता श्रेष्ठको प्रशिक्षणमा ३ महिना संचालन हुने तालिममा २१ जना प्रशिक्षार्थिको सहभागिता रहने छ  ।

- Advertisement -
Ad image

कार्यक्रमको उद्घाटन सत्र संस्थाका अध्यक्ष सावित्री बश्यालको अध्यक्षता तथा सचिव हिमाल सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्