१३ माघ काठमाडौं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीको संगठनात्मक प्रस्ताव पेश गरेका छन्।
पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको बैठकमा उद्लेद पार्टीका विभिन्न विभागहरूलाई पूर्णता दिने, संगठन सुदृढीकरण गर्ने र विस्तार गर्नेबारे प्रस्ताव राखेको र त्यसमाथि छलफल चलिरहेको नेता दीनानाथ शर्माले जानकारी दिएका छन्।
पार्टी प्रवक्ता कृष्णबहादुर महराले पार्टी एकताका लागि भएका पछिल्ला प्रयासबारे भनाइ राखेको नेता शर्माले खबरखुराकलाई बताए।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलगायत विषयमा पनि बैठकमा छलफल भएको छ। तर राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजेर संविधानको मर्म र भावना बुझेको व्यक्ति हुनपर्ने पार्टीभित्र बलियो मत रहेको छ।
बिहीबार शुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा ब्रिफिङ गर्दै प्रतिवेदन पेश गरेका थिए। आजको छलफल लम्बिए बैठक भोलि फेरि बस्नेछ।
प्रतिक्रिया दिनुहोस्