Ad imageAd image

एट्लेटिकोलाई हराउँदै रियाल सेमिफाइनलमा

खबर खुराक
खबर खुराक १३ माघ २०७९, शुक्रबार
1 Min Read
Aa

१३ माघ मड्रिड सेमिफाइनलमा एट्लेटिको मड्रिडलाई परातिज गर्दै रियाल मड्रिड स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा पुगेको छ। बिहीबार राति सान्टियागो बेर्नाबेउमा भएको खेलको पहिलो हाफमा एट्लेटिकोले अग्रता लिएको थियो।

नह्युल मोलिनाको पासमा अल्भारो मोराटाले १९औं मिनेटमा गरेको गोलसँगै भ्रमणकारी एट्लेटिकोले अग्रता लिएको थियो। निर्धारित ९० मिनेटको खेल सकिन ११ मिनेट बाँकी रहँदासम्म कायम अग्रता अन्तिम समयमा जोगाउन नसक्दा खेल अतिरिक्त समयमा पुगेको थियो।

रोडरिगोले ७९औं मिनेटमा एक्लो प्रयासमा गरेको सुन्दर गोलसँगै रियालले बराबरी गरेको थियो। निर्धारित समयमा खेल बराबरीमा सकिएपछि अतिरिक्त समयमा धकेलियो।

अतिरिक्त समयको नवौं मिनेट (९९औं मिनेट) मा एट्लेटिकोका डिफिेन्डर स्टेफन साभिच रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए। दश जनामा सीमित भएको एट्लेटिको माथि हाबी बनेको रियालले दुई गोल थप्यो।

- Advertisement -
Ad image

एक सय चार मिनेटमा करिम बेन्जिमाले गोल गरेसँगै २–१ ले अगाडि लागेको रियालका लागि अतिरिक्त समयको इन्जुरी समयमा भिनिसियसले गोल गर्दै ३–१ को जित सुनिश्चित गरे।

बिहीबार राति नै भएको अर्को क्वार्टरफाइनलमा एथ्लेटिक क्लबले भ्यालेन्सियालाई ३–१ कै नतिजामा पराजित गरेर अन्तिम चारमा स्थान बनाएको छ। बार्सिलोना र ओसासुना यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन्।

सेमिफाइनल खेलका लागि भने ड्र हुनेछ।

प्रतिक्रिया दिनुहोस्