१५ माघ काठमाडौं । अमेरिकाको नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रियामा नगरेकाले संसद्सहित चार पद गुमाएका रवि लामिछानेले नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया थाल्ने भएका छन् ।
नागरिकता विवादमा रविले सांसदसहित स्वतन्त्र पार्टीको सभापति, उपप्रधानमन्त्री र गृहमन्त्री गरि चार पद गुमाएका थिए । शुक्रवार सर्वोच्चको फैसलाले रवि संसद रहन अयोग्य रहेको फैसला गरेको थियो ।
योसँगै रविले आज आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा नागरिकता लिने प्रक्रियाको थालनी गरिने बताइएको छ । रविले आज जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुने भनेर कार्यालयमा जानकारी गराइ सकेका छन् ।
नागरिकता नभएपछि रवि अहिले आफूलाई अनागरिक भन्दै आएका छन् । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भर प्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्द मोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले उनलाई अयोग्य ठहर गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्