Ad imageAd image

युक्रेनले एकपछि अर्काे हतियार माग्न थालेपछि जर्मन चान्सलरले गरे निन्दा

खबर खुराक
खबर खुराक १६ माघ २०७९, सोमबार
1 Min Read
Aa

१६ माघ काठमाडौं। जर्मन चान्सलर ओलाफ स्कोल्जले रुसविरुद्ध लड्न युक्रेनले अब, लडाकु विमान माग्न थालेपछि उनले यसको निन्दा गरेका छन्। यसबाहेक पश्चिमा राष्ट्रहरूलाई परिष्कृत हतियारहरूको लागि बिडिङ युद्धमा नलाग्न समेत उनले आग्रह गरेका छन्।

गत हप्ता जर्मनीले नेटो र युरोपेली युनियनका सहयोगीको हप्तौँ लामो दबाब पछि युक्रेनलाई आफ्नो लिओपर्ड२ युद्ध ट्याङ्क दिने घोषणा गरेको थियो।

‘तथ्य यो हो कि हामीले हालै (ट्याङ्कहरू पठाउने बारे) निर्णय गरेका छौं र पहिले नै अर्को बहस (लडाकू जेट) जर्मनीमा चलिरहेको छ, यो केवल तुच्छ देखिन्छ र सरकारी निर्णयहरूमा जनताको विश्वासलाई कमजोर पार्छ,’ स्कोल्जले जर्मन अखबार ट्यागेसपिगललाई एक अन्तर्वार्तामा भनेका छन्।

‘म हतियार प्रणालीमा बिडिङ युद्धमा प्रवेश नगर्ने सल्लाह मात्र दिन सक्छु,’ उनले भनेका छन्।

- Advertisement -
Ad image

युक्रेनका उपविदेश मन्त्री एन्ड्री मेल्निकले जर्मनीसँग दर्जनौँ टोर्नाडो लडाकु विमान मागिरहेका छन् र अन्तर्राष्ट्रिय समुदायलाई आफ्नो देशको लागि लडाक जेट गठबन्धनमा सामेल हुन आग्रह गरिरहेका छन्।

तथापि, जर्मन चान्सलर स्कोल्जले युक्रेनमा रुसी युद्धको अन्त्य खोज्न सञ्चारको खुला च्यानल कायम गर्ने महत्त्वमा जोड दिँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फोन गरिरहने समेत बताएका छन्।

स्कोल्जले कुराकानी गलत नभए पनि दुवै पक्षको दृष्टिकोण पूर्णतया फरक रहेको बताएका छन्।’र म पुटिनलाई फोन गरिरहनेछु, किनकि हामीले एक अर्कासँग कुरा गरिरहनु पर्छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्